धर्मका खातिर अधर्मको बाटो समात्न पछि पर्दिनँ : विजय कृष्णमूर्ति

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । बालयोगेश्वर विजय कृष्णमूर्ति भनिने विजय भण्डारी पोखरामा जसरी भएपनि कोटिहोम गरेरै छाड्ने बताएका छन् ।

आइतबार बिहान पत्रकार सम्मेलन गर्दै उनले पोखरामा कुनै पनि हालतमा कोटिहोम गरेरै छाड्ने भन्दै अराजक तथा विवादास्पद अभिव्यक्ति पनि दिएका छन् ।

उनले भने,  ‘अब कुनै पनि हालतमा यो यज्ञ कसैले रोकेर पनि रोकिनेवाला छैन । यो कुरा मैले तपाईंहरुलाई प्रस्ट रूपमा भन्छु, यो कसैले रोकेर रोकिनेवाला छैन, बालयोगेश्वर यहाँ यज्ञ नगरीकन फर्किन्नँ। जुन ठाउँमा यज्ञ आयोजना हुने हो, जुन मितिमा हुने हो, जुन किसिमले हुने हो, यसमा बरु विराट होला, भव्य होला । त्यसमा कुनै कमी हुँदैन ।’

भण्डारीमा यतिमै रोकिँदैनन्, अझै मुठभेड नै सिर्जना हुने खालको विवादास्पद अभिव्यक्ति दिए । ‘यो कुरामा जस्तोसुकै मूल्य चुकाउन पनि ज्यान हत्केलामा राखेर हामी चाहिँ हिँडेको यसअघि पनि, त्यो कुरा छँदै छ । धर्मको लागि सनातनको लागि, धर्मका लागि अधर्म पनि गर्नपर्छ भने बालयोगेश्वर विजय कृष्णमूर्ति तयार छ भनिदिनुहोला ।’

वैशाख १ गतेदेखि जेठ १५ गतेसम्म ४५ दिन हुने भनिएको कोटिहोम कुनै पनि हालतमा नरोकिने र महानगरले पनि सहयोग गर्ने उनको दाबी थियो ।

भण्डारी विवादीत छवि भएका व्यक्ति हुन् । ठगीदेखि पशुपतिमा भएको कोटिहोम विवादमा समेत उनी तानिएका छन् ।  कृष्णमूर्ति वैदेशिक रोजगार र अमेरिका लैजान्छु भनेर ठगी गरेको आरोप समेत गरी ५ पटकसम्म पक्राउ परेका रेकर्ड छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।