कमलपोखरीको म:म पसलमा ग्याँस सिलिण्डर विष्फोट, ११ जना घाइते

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । काठमाडौँको कमलपोखरीस्थित एक म:म पसलमा ग्याँस सिलिण्डर विष्फोट भएको छ।

आज बिहान ८ बजेर ४२ मिनेटमा सानदार म:म पसलमा ग्याँस सिलिण्डर विष्फोट भएको वरिष्ठ उपरीक्षक तथा सूचना अधिकारी शेखर खनालले नागरिकन्युजलाई जानकारी दिए। उनका अनुसार सोही पसलमा काम गर्ने ११ जना पुरुष व्यक्तिहरू घाइते भएका हुन्। उनीहरूलाई उपचारका लागि पहिला हिमाल अस्पताल हुँदै अहिले कीर्तिपुर बर्न अस्पतालमा लगिएको उनले बताए।

उनका अनुसार विष्फोटमा परेका ११ मध्ये एक जनाको अवस्था गम्भीर रहेको छ भने भवनमा पनि क्षति पुगेको छ।

बिहान एक्कासी ठूलो आवाजका साथ विष्फोट भएपछि सुरक्षाकर्मीका गाडी र एम्बुलेन्स त्यसतर्फ गएको थियो।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।