रविलाई थुनछेक बहसका लागि आज पनि चितवन अदालतमा उपस्थित गराइँदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई आज पनि चितवन अदालतमा उपस्थित गराइँदै छ। सहारा चितवन सहकारी ठगी प्रकरणमा बुधबार थुनछेक बहस नसकिएपछि आज १० बजे उनलाई अदालतमा उपस्थित गराउन लागिएको हो।

आज जाहेरवाला र प्रतिवादीको तर्फबाट बहस हुने छ। बहस सकिए आजै थुनछेक आदेश आउने सम्भावना रहेको बताइएको छ।

बुधबार थुनछेक बहस नसकिएको भन्दै न्यायाधीश दयाराम ढकालको इजलासले लामिछानेलाई हिरासतमा पठाउने आदेश दिएकाे थियो।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।