माछापुच्छ्रे क्यापिटलद्धारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । माछापुच्छ्रे क्यापिटल लिमिटेडल काठमाडौंको सहिद आर्दश क्याम्पसमा वित्तीय साक्षरता तथा सचेतना कार्यक्रम सम्पन्न गरेको छ ।

क्यापिटलले आफ्नो ५ औं वार्षिकोत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत माछापुच्छ्रे सेक्युरिटिज लिमिटेडसँगको सहकार्यमा उक्त वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको हो ।

उक्त कार्यक्रममा उच्च माध्यामिक तहमा अध्यनरत विद्यार्थीहरूका साथै क्याम्पसका कर्मचारीहरू तथा शिक्षक वर्गलाई सेयर बजारको जानकारी, लगाानीको महत्व लगायतका विषयमा वित्तीय जनचेतना सम्बन्धी सचेतना प्रदान गरिएको थियो ।

क्यापिटलले आफ्नो स्थापनाको ५औं वर्षको वार्षिकोत्सवको उपलक्षमा माघ महिनाभरी रक्तदान, वित्तीय साक्षरता, सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सहयोग लगायतका विविध कार्यक्रमहरू आयोजना गरी भव्यताका साथ मनाइरहेको छ ।

माछापुच्छ्रे क्यापिटल लिमिटेड माछापुच्छ्रे बैंक लिमिटेडको सहायक कम्पनी हो । पब्लिक लिमिटेड कम्पनीको रुपमा स्थापित धितोपत्र व्यवसायी (मर्चेन्ट बैंकर) कम्पनी, माछापुच्छ्रे क्यापिटलले नेपाल धितोपत्र बोर्ड मार्फत धितोपत्र प्रत्याभूति, लगानी व्यवस्थापन, संस्थागत परामर्श सेवा, निक्षेप सदस्य, सामूहिक लगानी कोषको सेवा प्रदान गरिरहेको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।