काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले प्रधानमन्त्री केपी शर्मा ओलीले आफूसँग ‘फेस गर्न नसकेको’ प्रतिक्रिया दिएका छन् ।
मंगलबार दिउँसो प्रधानमन्त्रीलाई भेट्न सिंहदरबार पुगेका उनले प्रधानमन्त्रीसँग भेट्न नपाएपछि साम्पाङले सामाजिक सञ्जालमा आफ्नो प्रतिक्रिया सार्वजनिक गरेका हुन् ।
उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘केपी ओलीले फेस गर्न सकेनन्, मलाई।’
प्रधानमन्त्री ओलीको सचिवालयले भने आज प्रधानमन्त्रीसँग मेयर साम्पाङले भेट गर्ने तय नै नभएको बताएका छन्।
मेयर साम्पाङ धरानका नागरिकहरूलाई लिएर सोमबार काठमाडौं आएका थिए। धराने जनतालाई खानेपानीको माग गर्दै उनी रित्तो गाग्री बोकेर काठमाडौं आएका थिए।
मंगलबार सिंहदरबार प्रवेश गर्दा पनि उनी गाग्री बोकेरै गएका थिए। गेटबाट प्रहरीले गाग्री लैजान रोकेको थियो।
Comment