काठमाडौं । संघीय राजधानी काठमाडौंलाई प्रदेश राजधानी हेटौंडा जोड्ने दुई सडक पुनः संचालनमा आएका छन् । सडक स्तरोन्नति तथा मर्मतका लागि यातायात सञ्चालनमा रोक लगाइएको थानकोट–चित्लाङ सडक (गणेशमान मार्ग) र मातातीर्थ सडक आज बिहानदेखि सञ्चालनमा आएको हो ।
जिल्ला प्रहरीका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालका अनुसार ती दुबै सडक स्तोन्नतिका लागि गत पौष ७ गते र पौष २२ गतेबाट बन्द गरिएको थियो ।
यसैगरी, मकवानपुर–काठमाडौँ जोड्ने कुलेखानी–फाखेल सडकखण्ड र कुलेखानी-सिस्नेरी-दक्षिणकाली सडकखण्डमा एकतर्फी मात्रै सवारी साधन सञ्चालन भइरहेको प्रनाउ अर्यालले बताए ।
Comment