काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको बोनस सेयर सूचीकृत भएको छ ।
आइतबार नेप्सेमा कम्पनीले गत वर्षको मुनाफाबाट वितरण गरेको १८.३८ प्रतिशत अर्थात् ७६ लाख ९० हजार ६५२ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।
सूचीकृत बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा जम्मा भएपछि मात्र दोस्रो बजारमा खरिदबिक्री गर्न सक्नेछन् ।
Comment