भीम रावलको पार्टी घोषणाः मातृभूमि जागरण अभियान, नेपाल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । पूर्व एमाले नेता भीम रावलले पार्टीको नाम ‘मातृभूमि जागरण अभियान, नेपाल’ राखेका छन् ।

नेकपा एमालेबाट निस्कासित भएपछि रावलले बिहीबार साँझ फेसबुकमा एक स्ट्याटस राख्दै उनले आफ्नो योजना घोषणा गरेका हुन्।

रावलले चार पानाको ‘मातृभूमि जागरण अभियान, नेपाल, संक्षिप्त जानकारी’ भन्दै एक प्रस्ताव सार्वजनिक गरेका छन्।

उनले यो विषयमा छलफल गर्दै मातृभूमि जागरण अभियान, नेपाल संचालन गर्दै त्यसैबाट संगठन निर्माण गरेर ‘देशमा देशभक्तिपूर्ण राजनीतिक शक्ति/दल निर्माण निर्माणमा योगदान गर्ने’ उल्लेख गरेका छन्।

यसको संगठन वडा, पालिका, जिल्ला, प्रदेशदेखि केन्द्रसम्मै गर्ने योजना रावलले राखेका छन्। 

रावलको सार्वजनिक पत्रमा के छ ? पढ्नुहोस्

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।