विपक्षी दलहरूको संयुक्त पत्रकार सम्मेलन शुक्रबारका लागि सर्‍यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । संघीय संसदका विपक्षी दलहरूले आज(विहीबार) गर्ने भनिएको संयुक्त पत्रकार सम्मेलन स्थगित भएको छ। 

बिहीबार गर्ने भनिएको पत्रकार सम्मेलन भोलि(शुक्रबार) दिउँसो ३ बजेका लागि सारिएको हो। 

हिजो बसेको विपक्षी दलको संयुक्त बैठकले संसद्को हिउँदे अधिवेशन बोलाउन सरकारसँग माग गर्ने सहमति जुटाएसँगै पत्रकार सम्मेलनको आयोजना गर्न लागेका हुन्।

पत्रकार सम्मेलनको तयारीका लागि नेकपा माओवादी केन्द्रका नेता बर्षमान पुन र नेकपा एसका नेता बेदुराम भुषालको दुई सदस्सीय कार्यदल बनाएको छ। 

पत्रकार सम्मेलनमा विपक्षी दलका शीर्ष नेताहरूले सम्बोधन गर्ने छन्। 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।