नेपाल बैंकका ग्राहकले बुद्ध एयरको टिकटमा छुट पाउने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल बैंकका कर्मचारी र ग्राहकले बुद्ध एयरमा छुट पाउने भएका छन् । दुई संस्था बीच विशेष छुट सम्बन्धी सम्झौता भएको हो।

सम्झौता पत्रमा बैंकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाशकुमार अधिकारी र बुद्ध एयरको तर्फबाट मार्केटिङ्ग निर्देशक रुपेश जोशीले हस्ताक्षर गरे ।

सम्झौता अनुसार बैंकमा खाता रहेका ग्राहकहरुलाई बुद्ध एयरबाट प्रदान गरिने हवाई सेवा र कार्गो सर्भिसका विभिन्न शुल्कमा विशेष छुट पाउने छन् । जसमा टिकट शुल्कमा ८ प्रतिशत र कार्गो शुल्कमा ३० प्रतिशत छुट पाउने एयरलाइन्सले जनाएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।