शोधनान्तर स्थिति २ खर्ब २५ अर्ब बचतमा, चालु खातामा कति ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । चालु आर्थिक वर्षको ५ महिना (मंसिरसम्म) शोधनान्तर स्थिति सवा २ खर्ब रुपैयाँ बचतमा पुगेको छ ।

नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको तथ्यांक अनुसार मंसिर मसान्तसम्म शोधान्तर स्थिति २ खर्ब २५ अर्ब ३४ अर्ब रुपैयाँ पुगेको हो ।

गत वर्ष यही अवधिमा शोधनान्तर स्थिति २ खर्ब १६ अर्ब ५ करोड रुपैयाँले बचतमा रहेको थियो ।

अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब ६३ करोड बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा १ अर्ब ६७ करोड डलरले बचतमा रहेको छ ।

यस अवधिमा चालु खाता पनि १ खर्ब ४० अर्ब ७१ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको यसैअवधिमा चालु खाता १ खर्ब ४१ अर्ब ३ करोड रुपैयाँले बचतमा रहेको थियो ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।