देउवाले गरे ३७ विभागमा सचिव मनोनयन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका विभिन्न ३७ विभागमा सचिव मनोनयन गरेका छन् ।  

देउवाले कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम विभागमा सचिव मनोनीत गरेका हुन् ।

जसअन्तर्गत प्रदेश समन्वय विभाग डा.रघु काफ्ले (तनहुँ), महिला विभागमा कविता इटनी (धादिङ), सूचना, सञ्चार तथा प्रचार विभाग गोपाल झा (महोत्तरी), वातावरण तथा जलवायु परिवर्तन सरोकार विभाग ई.समीक्षा चौधरी (कैलाली), उद्योग तथा व्यापार विभाग ध्रुव खड्का (काठमाडौँ), सहकारी विभागमा चन्द्रप्रसाद ढकाल (नवपरासी व.सु.पश्चिम), पेशागत तथा बुद्धिजीवी विभागमा विजय तुम्बाहाम्फे (तेह्रथुम) लगायतलाई मनोनयन गरेका हुन् ।

हेर्नुहोस सूची :

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।