काम अलपत्र पार्ने १८ निर्माण कम्पनीलाई कालोसूचीमा राखिँदै, मागियो ७ दिने अन्तिम स्पष्टीकरण

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले १८ वटा निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने प्रक्रिया अघि बढाएको हो ।

देशभरका विभिन्न सार्वजनिक निकायहरूको सिफारिसमा ती कम्पनीलाई कालोसूचीमा राख्न लागेको हो ।

कार्यालयले ती कम्पनीहरूलाई कालोसूचीमा राख्नु नपर्ने कारण भए ७ दिनभित्र स्पष्टीकरण पेश गर्न अल्टिमेटम दिएको छ । आग्रह गरेको छ ।

कार्यालयले यसअघि ३० दिन भित्र स्ष्पटीकरण पेश गर्न भने पनि कुनै कम्पनीले नबुझाएपछि फेरि ७ दिनको म्याद दिएको हो ।

यो अवधिमा पनि स्पष्टीकरण पेस नगरे यसै सूचनालाई आधार मानेर कालोसूचीमा राख्ने प्रक्रिया अगाडि बढाउने कार्यालयले जनाएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।