सार्वजनिक यातायातको भाडा बढ्यो, कहाँ जाँदा कति पर्छ? (सूचीसहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सरकारले सोमवारदेखि नै लागू हुने गरी सार्वजनिक यातायातको भाडा बढाएको छ।

यातायात व्यवस्था विभागले सोमवार एक सूचना जारी गरी यात्रुवाहक तथा मालवाहक सवारी साधनको भाडा बढाएको हो। विभागले अन्तरप्रदेश सञ्चालन हुने यात्रुवाहक तथा मालवाहक सवारी साधको भाडा बढाएको हो।

यात्रुवाहक सवारीमा ३.३० प्रतिशत, पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीको भाडा ०.८१ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीको भाडा ०.०५ प्रतिशतले बढाइएको विभागले जानकारी दिएको छ। 

श्रमिकको पारिश्रमिक, इन्धन, टायर, ब्याज, सञ्चालन खर्च, ह्रासकट्टी र सञ्चालन मुनाफा लगायत मूख्य सूचकमा भएको मूल्यवृद्धि तथा सरोकारवाला पक्षसँगको परामर्शमा सार्वजनिक यातायातका सवारी साधनको भाडा बढाइएको विभागको दावी छ।

यसअघि सरकारले २०८० साउन ३१ मा भाडादर समायोजन गरेको थियो।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।