महुली लघुवित्तको एफपिओ शुक्रबार बाँडफाँट हुने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । महुली लघुवित्त वित्तीय संस्थाको एफपिओ शुक्रबार बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलले पुष १९ गते एफपिओ बाँडफाँटको तयारी गरेको हो ।

एफपिओमा १७ लाख ८५ हजार ८५३ जनाले २ करोड ४८ लाख ८५ हजार ८४० कित्ताका लागि आवेदन दिएका छन् । ती मध्ये १७ लाख ३८ हजार ३०९ जनाको हात रित्तो हुनेछ भने ४७ हजार ५४४ ले मात्र १०-१० कित्ता दरले शेयर हात पार्नेछन् ।

सिडिएसका अनुसार कम्पनीको एफपीओमा अन्तिम दिनसम्म २ अर्ब ४८ करोड ८५ लाख ८४ हजार रुपैयाँ बराबरको आवेदन परेको थियो । जुन आवेदन मागभन्दा ५२.३४ गुणाले बढी हो ।

कम्पनीले ४ लाख ७५ हजार ४४९ कित्ता एफपीओ जारी गरेको थियो । 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।