नीतिगत भ्रष्टाचार नियन्त्रण हुने गरी कडा कानुनी व्यवस्था गर्नुपर्नेमा सांसदहरूको जोड

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । प्रतिनिधि सभाका सांसदहरूले नीतिगत भ्रष्टाचार नियन्त्रणका लागि कडा कानुन बनाउनुपर्नेमा जोड दिएका छन्। सोमवार बसेको सङ्घीय संसद प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसी लगायतका सांसदहरूले नीतिगत भ्रष्टाचार हुने गरी मन्त्रीपरिषद्ले गर्ने निर्णय समेत रोक्ने गरी नीतिगत भ्रष्टाचार नियन्त्रणका लागि बलियो कानुन बनाउनुपर्ने आवश्यकता औँल्याएका हुन्।

कांग्रेस सांसद केसीले मुलुकलाई व्रह्मलुट हुनबाट जोगाउन पनि नीतिगत भ्रष्टाचार हुन नपाउने गरी कडा कानुन बनाउन आवश्यक रहेको बताए। उनले मन्त्रीपरिषदबाट हुने नीतिगत निर्णयले पनि भ्रष्टाचारलाई बढवा दिएको सयौँ उदाहरण रहेकाले त्यसलाई नियन्त्रण हुने गरी स्पष्ट रुपमा कानुनी व्यवस्था गर्नुपर्नेमा जोड दिए।

प्रतिपक्ष दल नेकपा (एकीकृत समाजवादी)का सांसद शेरबहादुर कुँवरले दोषीलाई जोगाउने नियतका साथ कसुर लगाउन नहुने गरी स्पष्ट कानुनी व्यवस्था गर्न सरकारसँग माग गरे। सांसद कुँवरले वदनियतपूर्ण ढंगले कसैमाथि पनि अभियोग लगाउन नपाउने गरी कानुनी व्यवस्था गर्न पनि सरकारलाई सचेत गराए। उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कामकारबाहीलाई प्रभावकारी बनाउनु पनि सरकारलाई दबाब दिए।

सांसद कुँवरले अख्तियार दुरुपयोग अनुसन्धानको कार्य क्षेत्र बिस्तार गर्ने भन्दा पनि त्यसको कामलाई अझै प्रभावकारी बनाउने विषयमा ध्यान दिनुपर्ने पनि बताए। 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।