प्रधानमन्त्री ओलीको स्वास्थ्य सुधारोन्मुख

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा सामान्य सुधार आएको छ।

सोमबार साँझदेखि एक्कासी ज्वरो आएपछि बालुवाटारस्थित सरकारी निवासमा आराम गरिरहेका प्रधानमन्त्री ओलीको स्वास्थ्यमा सुधार देखिएको हो।

प्रधानमन्त्रीको सचिवालयका अनुसार, प्रधानमन्त्रीलाई ज्वरो आउने क्रम विस्तारै कम भएको र खानासमेत रुच्न सुरु भएको छ। रगतसहितको सम्पूर्ण परीक्षणको रिपोर्ट समेत सामान्य आएको उपचारमा संलग्न चिकित्सकहरुले जनाएका छन्।  

ज्वरो आएपछि प्रधानमन्त्री ओलीले सोमबार साँझदेखि नियमित काम स्थगित गरेका छन्। उनले अत्यावश्यकबाहेक अन्य सबै भेटघाटसमेत स्थगित गरेको सचिवालयले जनाएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।