काठमाडौं । नेशनल लघुवित्त वित्तीय संस्था र सगरमाथा जलविद्युत् कम्पनीले गत आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट लाभांश घोषणा गरेका छन् ।
दुवै कम्पनी समितिको कात्तिक ८ गते बसेको बैठकले सेयरधनीलाई लाभांश प्रस्ताव गरेका छन् ।
नेशनलले गत वर्षको नाफाबाट सेयरधनीलाई १४.२५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.७५ प्रतिशत नगद गरी कुल १५ प्रतिशत लाभांश घोषणा गरेको छ ।
त्यस्तै, सगरमाथा जलविद्युत्ले ४.७५ प्रतिशत बोनस र कर प्रयोजनार्थ ०.२५ प्रतिशत नगद गरी कुल ५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।
दुवै कम्पनीको प्रस्तावित लाभांश नियामक निकाय र कम्पनीको आगामी साधरण सभाबाट पारित भएपछि सेयरधनीले पाउने छन् ।
Comment