गोसाइँकुण्डमा हिमपात

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रसुवा । गोसाइँकुण्ड क्षेत्रमा हिमपात सुरु भएको छ।

लौरीविनायकभन्दा माथिल्लो भेग र यार्साको सात धारालगायतका स्थानमा हिमपात भएको स्थानीले बताएका छन्।

हिमपातसँगै नौकुण्ड गापाअन्तर्गत दोक्लाङ, रजाङ, सिङ्बन्दी, लारच्याङ्टार, बच्चा, लोकिल, सरमथलीको नेर्कुडाँडालगायत स्थानमा चिसा बढेको नौकुण्ड गाउँपालिका–३ का कार्यवाहक वडाध्यक्ष मेङ्मर थिङ तामाङले बताए।

चिसो बढेसँगै बालबच्चा र ज्येष्ठ नागरिकमा रूघाखोकीको समस्या बढेको वडाअध्यक्ष तामाङले जानकारी दिए।

हिउँद सुरु हुनेबित्तिकै हिमपात हुन थालेपछि यस वर्षको हिउँदेबाली सप्रिने आशामा रहेको यार्सा दोक्लाङका युवा गोरमेन तामाङले बताए।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।