बाढीपहिरो अपडेट : ललितपुरमा ९ जनाको मृत्यु, ११ जना बेपत्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । बाढी र पहिरोमा परी ललितपुरमा मात्र ९ जनाको मृत्यु भएको छ भने ११ जना बेपत्ता भएका छन्। 

ललितपुर प्रहरीले आज दिउँसो १२ बजे दिएको विवरणअनुसार ललितपुरका विभिन्न स्थानमा गरी ९ जना मृत फेला परेका हुन्।

जिल्लाका विभिन्न स्थानबाट अहिलेसम्म ११ जना हराइरहेको प्रहरीले जानकारी दिएको छ। 

प्रहरी र तालुक कार्यालयबाट उद्धारका लागि बोटसहित प्रहरी जनशक्ति ११०० जना खटाइएको प्रहरीले जनाएको छ।  

प्रहरीका अनुसार सानेपा क्षेत्रबाट ७७ जना, नक्खु हार्मोनी कोलोनीबाट १४ जना, नख्खिबोट क्षेत्रबाट १५ जना, बुङमती क्षेत्रबाट ७५ जना, चापागाउँ क्षेत्रबाट ५५ जना, यूएन पार्कबाट १ जना, इमाडोल क्षेत्रबाट २८ जना गरी जम्मा २८१ जनाको उद्धार गरिएको छ। 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।