नेपाल टेलिकमसँग लगानीयोग्य पुँजी ९२ अर्ब, के-के मा गर्दैछ लगानी ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं  । नेपाल टेलिकमले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेको छ।  

सार्वजनिक विवरण अनुसार टेलिकमको नाफा घटेको छ । चालु आर्थिक वर्षको ६ महिनामा टेलिकमले ४ अर्ब ९३ करोड रुपैयाँ खुदनाफा गरेको हो ।  

चालु आर्थिक वर्षको कात्तिकदेखि पुसमसान्तसम्ममा कम्पनीले २ अर्ब ९८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ७८ करोड ९५ लाख रुपैयाँ बढी हो।

दोस्रो त्रैमासको तीन महिनाको नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेपनि ६ महिनाको नाफामा भने गिरावट आएको छ ।   

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीको नाफा २१ करोड ७ लाख रुपैयाँ घटेको थियो।

चालु आर्थिक वर्षको ६ महिनामा टेलिकमले १९ अर्ब २६ करोड रुपैयाँ आम्दानी गरेको छ । गत वर्षको ६ महिनामा कम्पनीले २१ अर्ब ७१ करोड रुपैयाँ आम्दानी गरेको थियो । 

नाफा घटेपछि टेलिकमको सञ्चित कोषको आकार पनि घटेको छ । 

नेपाल टेलिकमसँग चुक्तापुँजी र सञ्चित कोषमा गरी ९१ अर्ब ९१ करोड रुपैयाँ लगानीयोग्य पुँजी छ । चुक्तापुँजी १५ अर्ब र सञ्चित कोषमा ७६ अर्ब ९१ करोड रुपैयाँ छ ।

पुस मसान्तसम्ममा कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी ६५ रुपैयाँ ८६ पैसा कायम भएको छ। यो गत आर्थिक वर्षको यसै अवधिको तुलनामा २० पैसा मात्र कम हो।  

टेलिकमले ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत आयोजनामा सेयर लगानी गरेको छ । तामाकोसीमा टेलिकमले ६ प्रतिशत सेयर लगानी गरेको छ ।

टेलिकमले विटिएस टावरलगायत अन्य टेलिकम पूर्वाधार साझेदारी गर्नका लागि स्थापना हुने कम्पनीमा सेयर लगानी गर्ने छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।