नागढुंगाको सुरुङमार्ग नजिकै लेदोसहितको पहिरोले राजमार्ग अवरुद्ध

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । अविरल वर्षासँगै नागढुंगास्थित सुरुङमा मार्ग नजिकै लेदो सहितको पहिरो खसेर सडक अवरुद्ध भएको छ।

सुरुङमार्ग नजिकै लेदोसहित पहिरो खसेपछि सडक दुईतर्फी नै अवरुद्ध भएको हो।

बाटो बन्द हुँदा सवारी साधन र यात्रुहरु बीच बाटोमै रोकिएका छन्। अहिले सडक खुलाउने प्रयास भइरहेको प्रहरीले बताएको छ। 

शुक्रबार देशका अधिकांश स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

एकनास परेको पानीले मानिसहरूलाई आवतजावतमा पनि समस्या परेको छ।

जल तथा मौसम विज्ञान विभागले कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा र बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।