लागुऔषध कारोबारका आरोपी रास्वपा पूर्व सांसद श्रेष्ठलाई धरौटीमा छाडियो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कास्की । लागुऔषध कारोबारको आरोपमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वसांसद ढाकाकुमार श्रेष्ठ धरौटी रकममा रिहा भएका छन्। 

जिल्ला अदालत काश्कीले श्रेष्ठलाई ७५ हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो। जिल्ला न्यायाधीश भोला ढकालको इजलासले गरेको आदेश अनुरुप श्रेष्ठ धरौटी रकम बुझाएर रिहा भएका हुन्। 

श्रेष्ठ गत भदौ २७ गते पोखरास्थित आफ्नै दिया फार्मेसीबाट पक्राउ परेका थिए। फार्मेसीबाट लागुऔषध बिक्री भएको सूचनाका आधारमा प्रहरीले श्रेष्ठलाई पक्राउ गरेको थियो। 

समानुपातिक सांसद भएका श्रेष्ठले स्वास्थ्यमन्त्री हुन रास्वपाको ‘कोर टिम’लाई बुझाउनुपर्ने बताउँदै दुर्गा प्रसाईंसँग साढे दुई करोड रुपैयाँ मागेको भिडिओ बाहिरिएपछि कारबाहीमा परेका थिए। 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।