मानुषी लघुवित्तले ३ करोडको आईपीओ जारी गर्ने,विक्री प्रवन्धक नेपाल एसबीआई मर्चेन्ट बैकिङ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्थाको प्राथमिक सेयर निष्काशन (आईपीओ)को जिम्मा नेपाल एसबीआई मर्चेण्ट बैकिङले पाएको छ ।

जसका लागि कम्पनीले शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेडलाई नियुक्त गरेको छ ।

सम्झौतापत्रमा एसबिआई मर्चेण्टका तर्फबाट सीईओ रोशनी भारती र मानुषी लघुवित्तकी सीईओ शोभा बज्रचार्यले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

मानुषीले एक सय रुपैयाँ अंकित दरमा ३ करोड रुपैयाँ बराबरको ३ लाख कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । कम्पनीले अब शेयर निष्कासनको अनुमति माग्दै धितोपत्र बोर्डमा आवेदन गर्नेछ ।

साथै उक्त संस्थाको शेयर रजिष्ट्रारमा पनि नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेडलाई नियुक्त भएको छ ।

हाल लघुवित्तको चुक्ता पूँजी ७ करोड रुपैयाँ छ। आईपीओ जारी गरेपछि १० करोड रुपैयाँ पुग्नेछ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।