बेचन झालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । जिल्ला अदालत काठमाडौंले नक्कली भुटानी शरणार्थी प्रकरणमा मुद्दा चलाइएका बेचन झालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ। 

जिल्ला न्यायाधीश तीर्थराज केसीको इजलासले आइतबार झालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो। 

बयान र थुनछेक बहस सकिएसँगै अदालतले मुद्दाको फैसला नहुञ्जेलसम्मका लागि पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो। 

नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने कार्यमा संलग्नताको आरोपमा झा गत असार १३ गते पक्राउ परेका थिए। 

झाविरुद्ध ठगी, लिखित किर्ते, राज्यविरुद्धको कसुर र संगठित अपराधको अभियोग लगाइएको छ। 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।