खरखरेभिरको पहिरोले बेँसीसहर–चामे सडक अवरुद्ध

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । पहिरोका कारण बेँसीसहर–चामे सडक अवरुद्ध भएको छ । अविरल वर्षाले गए राति यो सडकअन्तर्गत बेँसीसहर नगरपालिका–६ खरखरे भिरमा र मर्स्याङ्दी गाउँपालिका–३ खुदीनजिक पहिरो खस्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

उक्त कार्यालयका सूचना अधिकारी थानेश्वर चपाईँले खरखरे भिरको पहिरो यतिबेला हटाउन सफल भए पनि खुदी नजिक खसेको पहिरो हटाउन बाँकी रहेको उनले बताए ।

६५ किलोमिटर लामो यो सडक अवरुद्ध हुँदा मनाङ र लमजुङका सर्वसाधारण प्रभावित भएका छन् ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।