ग्लोबल आईएमई बैंककाे सीईओमा सुरेन्द्रराज रेग्मी नियुक्त

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । ग्लोबल आईएमई बैंकले प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मीलाई नियुक्त गरेकाे छ।

तीन दशकभन्दा लामो समयदेखि बैंकिङ क्षेत्रमा काम गरेका रेग्मीलाई बिहीबार बसेको बैंकको सञ्चालक समिति बैठकले सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो।

रेग्मी बैंकका वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत हुन्। रेग्मीलाई २०८१ को भदौ १ गतेदेखि लागू हुने गरी सीईओमा नियुक्त गरेको बैंकले जानकारी दिएको छ।

उनले २०६५ सालमा नायब प्रबन्धक तहबाट ग्लोबल बैंकमा प्रवेश गरेका थिए। रेग्मीले त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्र र बेलायतको युनिभर्सिटी अफ वेल्सबाट विजनेस एडमिनिसट्रेसनमा मास्टर गरेका छन्।

यस्तै बैंकको बिहीबार नै बसको संचालका समितिको बैठकले स्वतन्त्र महिला सञ्चालकमा भागिरथी भट्टराईलाई नियुक्त गरेको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।