नयाँ स्कोडा र्‍यापिड टीएसआई नेपालमा सार्वजनिक, के-के छन् यसका विशेषता ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपालका लागि स्कोडाको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले बहुप्रतिक्षित स्कोडा र्‍यापिड टीएसआई सार्वजनिक गरेको छ ।

थप ‘पावर, कम्फर्ट र भ्यालु–फर–मनी’सहितको नयाँ र्‍यापिड टीएसआई आकर्षक मूल्यमा नेपालमा भित्राएको हो ।

नयाँ स्कोडा र्‍यापिड अघिल्लो पुस्ताको र्‍यापिड भन्दा पाँच लाख रुपैयाँ कम अर्थात् ३४ लाख ९० हजार रुपैयाँमा खरिद गर्न पाइने कम्पनीले जनाएको छ।

याँ स्कोडा र्यापिडलाई नयाँ असाधारण टीएसआई इन्जिनले पावर दिन्छ जुन पहिला स्कोडा सुपर्ब र स्कोडा अक्टाभिया जस्तो प्रिमियम मोडेलमा प्रयोग गरिन्थ्यो ।

नयाँ पेट्रोल टीएसआईले ११० पीएस (८१ किलोवाट) पावर र १७५ एनएम टर्क उत्पन्न गर्छ र यी दुवै ‘वेस्ट-इन-क्लास’ हुन् ।

नयाँ र्यापिड टीएसआई १.० को ‘फ्युल इफिसेन्सी’ पनि उदाहरणीय छ जुन १८.९७ किलोमिटर प्रति लिटर हो । अघिल्लो पुस्ताको र्यापिड १.६ एमपीआई को तुलनामा नयाँ टीएसआई इन्जिनले ५ प्रतिशत बढी पावर र १४ प्रतिशत बढी टर्क उत्पन्न गर्छ ।

त्यसैगरी, नयाँ र्यापिडको ‘फ्युल इफिसेन्सी’ पनि अघिल्लो र्यापिडको तुलनामा २३ प्रतिशत बढी रहेको छ । नयाँ र्यापिडको पावर, कम्फर्ट र भ्यालु फर मनी पहिलेको भन्दा धेरै परिष्कृत छ ।

स्कोडामा कम्फर्टलाई प्राथमिकतामा राखिन्छ जसकारण नयाँ स्कोडा र्यापिडमा ४६० लिटर बराबरको ‘बेस्ट-इन-क्लास’ बुट स्पेस र ५५ लिटरको फ्युल ट्यांक रहेको छ ।

साथै, नयाँ र्यापिडका सबै भेरियन्टमा ‘रियर एसी भेन्ट’, ‘अटोमेटिक क्लाइमाट्रोनिक एसी’, ‘टिल्ट एन्ड टेलिस्कोपिक स्टेरिङ’ उपलब्ध छ ।

नयाँ र्‍यापिडमा पनि ‘पार्कट्रोनिक रियर पार्किङ सेन्सर’, ‘एन्टी–ग्लेर इन्टेरियर रियर भ्यु मिरर’, ‘रफ रोड प्याकेज’, ‘फ्युल सप्लाई कट–अफ’ र ‘फ्लाटिङ कोड सिस्टम’सहितको ‘इन्जिन इमोबिलाइजर’ जस्ता सुरक्षा फिचर राखिएका छन्।

ग्राहकको ‘पिस अफ माइन्ड’ र ‘वनरशिप कस्ट’ कम गर्न एमएडब्लुले नयाँ स्कोडा र्‍यापिड टीएसआई १.० मा चार वर्षे सर्भिस प्याकेजको व्यवस्था गरेको छ। ग्राहकले नयाँ र्‍यापिड किनेको चार वर्षसम्म मर्मतमा पैसा खर्च गर्नु पर्दैन। यसका साथै, चार वर्ष वा एक लाख किलोमिटर वारेन्टीको व्यवस्था समेत गरेको छ।

नयाँ र्‍यापिडको मूल्य

मोडेल                                 मूल्य (रू.)

राइडर                              ३४,९०,०००

राइडर प्लस                   ३६,९०,०००

एम्बिसन                        ४३,९०,०००

ओनिक्स                        ४४,९०,०००

स्टाइल                          ५०,९०,०००

मोन्टे कार्लो                    ५१,९०,०००

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।