प्रधानमन्त्री दाहाल र ओलीबीच भेटवार्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमालेका अध्यक्ष केपी ओलीबीच सिंहदरबारमा भेटवार्ता भएको छ।

भेटवार्तामा समसामयिक परिस्थिति र सरकारका कामबारे छलफल भइरहेको जनाइएको छ ।

दुई नेताबीच शान्ति प्रक्रिया टुंगोमा पुर्‍याउने लगायत विषयमा छलफल भएको अनुमान गरिए पनि भेटवार्ताको ठोस प्रयोजन भने खुलेका छैन।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बालकोट पुगेर एमाले अध्यक्ष ओलीसँग भेटवार्ता गरेलगत्तै प्रधानमन्त्री दाहाल र ओलीबीच भेटवार्ता भएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।