कविता : म र मेरो देश !

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

गाउँका रमाईला दिनमा 
रमाउनु पर्ने म
उकाली ओराली 
देउराली भञ्ज्याङ्को 
स्मृतिमा बाचिरहेछु , 

वन पाखाले 
गाएको गित सुन्नु पर्ने 
मेरो गाउँको वन पाखा सल्लाघारीले
गाएको गित सुन्न छाडिसकेको छु, 

आज छु त म जुन ठाउँमा छु
शुन्यताकाे घरमा छु
सन्नाटामा रूमलिएकाे छु,

 मैले दिनलाई भुली सकेको छु 
रातलाई भुली सकेको छु
प्रियसिको हात समाएर नाचेको
सम्झन छाडिसकेको छु। 

म बाचेको देश 
म बाचिरहदा किन? आफै पिल्छिएको छ
कस्को ध्यान अनि कस्को आशिर्वादले 
आज उजाड जङ्गल जस्तो 
भएको छ 
खै देशका हरेक सपना कहाँ गएको छ 
मेरो देशले मलाई अङकुर्शे लगाएर 
अड्काई राख्न सकेन 
हो मेरो देश आज जस्तो हुनु थियो 
त्यस्तो हुन सकेन ।
……..
सायद मलाई मेरो देशको 
अङकुर्शेले अडकाउथो त
म मेरो सबै सपना,चाहना
आकाङ्क्षा 
अनि  मेरै प्रिय मुटु 
बेचेर आज अरब भासिनु थिएन,
……..
आज म म छैन 
मेरो सपना छैन
आमाको सपना छैन
बाको सपना छैन
आज अरबमा मेरै पसिनाले 
मरुभूमि सिन्चित र मौलाएको छ 
आज मेरो देशको सपना  म जस्तै 
गरि हात हातमा पासपोर्ट लिएर 
बौलाएको छ ।
…….
भन्ने गर्थो मेरै प्यारो मुटुले
मलाई छाडि नजाउ है भनेर 
मेरो मुटुलाई मैले चाहनाले छाडेको हैन
मेरो मुटु म आफै देखि धड्कन छाडेको थियो 
मलाई मेरै मुटुले रगत सन्चार गर्न छडेको थियो
साउको ऋण काडेर मेरा बाले सपनाको सानो 
झुपडी बनाए देखि 
मेरो मुटुले दिन रात घोची रहन्थो 
………..
मेरो त सपनाको कुरै छाडौ हजुर 
मेरै बाको सपनाले बहुला बनाएको छ
म अरब भासिएको दिन देखि 
मैले सपना देख्न छाडेको छु
हो 
म अरब भासिए देखि म आफू म छैन
मेरो घर छैन 
मेरो आमा छैन
मेरो बा छैन
दिदी बहिनि
मेरा चिन्ने नचिन्ने साथी सहगोत्री
कोहि छैन
…….
मेरै पसिनाले अरबको मरुभूमि सिन्चित भएको छ
म भने मेरै सपनाले बौउलाएको छु
मेरो पैतलाको छाला कोत्रिएर 
अरबको चौडा बाटो कालो पत्रे भएको छ ।
मेरो हात र गोडाको हड्डि भाचिएर 
ठुला-ठुला घरका पिल्लर भएका छन 
मेरो मेरुदण्ड खुस्किएर अरबको 
सिद्धान्त र विकासको मेरुदण्डित पहरेदार
भएको छ ।
मेरो देशले हजार सपना अरबलाई बेचेको छ 
चाहना बेचेको छ
हरियाली बनाउने पसिना बेचेको छ 
खल्तिको घाउ बेचेको छ 
….
अब मलाई यस्त्तो लाग्छ र अरबमै 
तातो बालुवाको सिरानी हालेर 
ए मेरो देश मलाई त बेचौ बेचौ तर
आफैलाई बिक्रिमा नराख 
आफ‌ैलाई बिक्रिमा नराख, 
******
टिकाराम खतिवडा
नुवाकोट बेलकोटगढी नगरपालिका ८

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।