प्रभु बैंकको नयाँ शाखा बझाङको चैनपुरमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । प्रभु बैंक लिमिटेडले बझाङको जयपृथ्वी नगरपालिका-१०, चैनपुरमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो । आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा बैंकले शुक्रबार चैनपुरमा ३०४ औं शाखा कार्यालय सञ्चालनमा ल्याएको छ ।

प्रभु बैंकले आफ्नो व्यावसायिक सञ्जाल विस्तार गर्दै विभिन्न ठाउँहरुमा शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घर आँगनसम्म सरल र सहज रुपमा बैंकिङ्ग सेवा विस्तार गरेको छ ।

बैंकको यो अभियानले देशभरिनै बैंकिङ्ग पहुँचमा वृद्धि भएको मात्र नभई समग्र देशको आर्थिक विकासमा सकारात्मक टेवा पुगेको छ ।

बैंकको चैनपुर शाखा मार्फत स्थानीय बासिन्दा, सर्वसाधारणहरु, व्यवसायिक फर्म, कम्पनी तथा संघ संस्थाहरुले गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने र यस क्षेत्रको समग्र आर्थिक उन्नतीमा महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ भन्ने बैंकले विश्वास लिएको छ ।

प्रभु बैंक हालै ‘बैंक अफ द इयर २०२३’ र फिनाकल इन्फोसिस इनोभेसन गोल्ड-२०२४ अवार्डबाट सम्मानित भएको छ ।

बैंकले देशभरका ३०२ शाखा कार्यालयहरू, २८५ एटीएम साथै ७० एक्सटेन्सन काउन्टर मार्फत करिब ३१ लाख भन्दा बढी ग्राहकलाई अत्याधुनिक बैंकिङ सुविधा प्रदान गर्दै आएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।