पाटन अस्पतालमा एक जना कोरोना संक्रमितको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । पाटन अस्पतालमा उपचार गराइरहेका एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।

अस्पतालका अनुसार पर्साको वीरगञ्जका ४५ वर्षीय पुरुषको बिहीबार साँझ उपचारका क्रममा मृत्यु भएको हो।

अस्पतालका अनुसार ती पुरुषमा मधुमेह र रक्तचापको समस्या थियो । उनलाई  स्टार अस्पतालबाट रिफर गरिएको थियो ।  स्टार अस्पतालमा हुँदा नै उनलाई  कोरोना पोजेटिभ देखिएको थियो ।

पछिल्लो विवरणअनुसार नेपालमा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाएको संख्या ६९ पुगेको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।