सरकारले बोलायो भारत, अमेरिका, बेलायतसहित ११ देशका राजदूत फिर्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  सरकारले विभिन्न ११ देशका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको छ।  बिहीवारको मन्त्रिपरिषद्‌ बैठकले भारत, अमेरिका बेलायतलगायत देशका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको हो। सत्ता गठबन्धनभन्दा बाहिरका दलको कोटामा राजदूत बनेकाहरुलाई फिर्ता बोलाइएको छ।

भारत, अमेरिका, बेलायत, कतार, साउदी अरब, दक्षिण कोरिया, स्पेन, मलेसिया, पोर्चुगल, डेनमार्क र इजरायलका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको हो। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मित्रराष्ट्र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा भाग लिने पनि मन्त्रिपरिषद्‍ बैठकले निर्णय गरेको छ। 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।