प्रभु बैंकका ग्राहकले अन्नपूर्ण केबलकारमा विशेष छुट पाउने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा । प्रभु बैंकका ग्राहकले पर्यटकीय राजधानी पोखराको सेदीबगरस्थित अन्नपूर्ण केबलकारमा विशेष छुट पाउने भएका छन् ।

बैंक र केबलकार कम्पनी बीच छुट सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हो । सम्झौतापत्रमा अन्नपूर्ण केबलकारको तर्फबाट मार्केटिङ म्यानेजर अरुण कोइराला र प्रभु बैंकको तर्फबाट म्यानेजर गणेश सुवेदीले हस्ताक्षर गरे ।

सम्झौता अनुसार केबलकारको टिकटमा प्रभु बैंकका कर्मचारीलाई २५ प्रतिशत र ग्राहक तथा क्रेडिटकार्ड, डेबिट कार्ड प्रयोगकर्ताले १० प्रतिशत विशेष छुट पाउने छन् ।

अन्नपूर्ण केबलकार पोखराको लेकसाइड सेदीबगरदेखि सराङकोटसम्म केबलकार सेवा प्रदान गर्दै आएको छ । उक्त केबलकार यात्रामा माछापुच्छ्रे धवलागिरी, अन्नपूर्ण, लम्जुङ हिमाल लगायतका हिमश्रृंखला, फेवाताल, तालबराही, हरियाली प्रकृतिक छटाहरूको दृश्यका साथसाथै सूर्योदय र सुर्यअस्तको अनुपम एवं मनमोहक दृश्यावलोकन गर्न सकिन्छ ।

प्रभु बैंक हालै ‘बैंक अफ द इयर २०२३’ र फिनाकल इन्फोसिस इनोभेसन गोल्ड–२०२४ अवार्डबाट सम्मानित भएको छ ।

बैंकले देशभरका ३०२ शाखा कार्यालयहरू, २८५ एटीएम साथै ७० एक्सटेन्सन काउन्टर मार्फत करिब ३१ लाख भन्दा बढी ग्राहकलाई अत्याधुनिक बैंकिङ सुविधा प्रदान गर्दै आएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।