ग्लोबल आइएमईका ग्राहकलाई दराजमा छुट

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । ग्लाेबल आइएमई बैंकका ग्राहकले दराज अनलाइनमार्फत सामान किन्दा छुट पाउने भएका छन्।

ग्राहकहरुले ग्लोबल आइएमई बैंकको भिजा डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी दराजबाट अनलाइनमार्फत सामान खरिद गर्दा खरिद १५ प्रतिशतसम्म छुट पाउने छन्।

जेठ १३ गतेदेखि सुरु भएको यो योजना ३ महिनासम्म सञ्चालन हुने बैंकले जनाएको छ।

बैंकको डेबिट कार्ड प्रयोगकर्ताहरुले १० प्रतिशत वा ५०० रुपैयाँसम्म र क्रेडिट कार्ड प्रयोगकर्ताहरुले १५ प्रतिशत वा ७५० रुपैयाँसम्म छुट पाउनेछन्। यस योजना अवधिभर हरेक महिना १० वटासम्मको खरिदमा यो छुट पाइने बैंकले जनाएको छ।

ग्लोबल आइएमई बैंकले दराज अनलाइन स्टोरसँग समन्वय गरी आफ्ना डेबिट र क्रेडिट कार्ड प्रयोगकर्ताहरुलाई विशेष विशेष योजनाहरु सार्वजनिक गर्दै आएको छ।

यसअघि पनि छुट योजना तीन महिना सञ्चालनमा गरेको थियो। ग्राहककाे उल्लेख्य सहभागीता याे याेजना पुनः सञ्चालनमा ल्याइएकाे बैंकले जनाएकाे छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।