कांग्रेसको अवरोधपछि प्रतिनिधिसभा बैठक स्थगन, अर्को बैठक आइतबार दिउँसो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौ‌ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधपछि शुक्रबारको प्रतिनिधिसभा बैठक स्थागित भएको छ।

सहकारीको रकम अपचलन प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि छानविन गर्न संसदी समितिको माग गर्दै कांग्रेसले संसद बैठक अवरोध गरेको छ।

सभामुख देवराज घिमिरेले बैठक सुरु भएको जनाएलगत्तै कांग्रेस संसदहरुले उठेर विरोध गरेका थिए। सभामुख घिमिरेले पटक–पटक बसेर सभा सञ्चालनको वातारण बनाइदिने अग्रह गरेपनि सांसदहरुले त्यसलाई मानेनन्, उनीहरु उठेर संसदीय छानविन समिति गठनको माग गरिररहे।

त्यसपछि सभामुख घिमिरेले आजका लागि तय भएका सम्पूर्ण कार्यक्रम कार्यसूचीबाट हटाउँदै बैठक स्थगित भएको घोषणा गरे।

अब प्रतिनिधिसभाको अर्को बैठक आइतबार बिहान ११ बजे बस्नेछ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।