तारकेश्वरका १२ हजार बालबालिकालाई खोप लगाइने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौ‌ । काठमाडौँको तारकेश्वर नगरपालिकाका १२ हजार बालबालिकालाई पोलियोविरुद्ध आइपिभी खोप लगाइने भएको छ ।

तारकेश्वर नगरपालिकाले बिहीबार पत्रकार सम्मेलन गरेर दिएकोे जानकारी अनुसार नगरपालिकाभित्रका ११ वटै वडाका ५५ केन्द्रमा खोप कार्यक्रम सञ्चालन हुनेछ । खोपका लागि आवश्यक जनशक्ति, उनीहरूलाई तालिम तथा अभिमुखीकरण, स्वयंसेवकका परिचालनलगायत सम्पूर्ण तयारी पूरा भएको छ ।

कोरोना महामारीका कारण २०७३ वैशाखदेखि २०७५ असोजभित्र जन्मिएका बालबालिकालाई यो खोप लगाउन नसकिएकाले तिनै बालबालिकालाई लक्ष्य गरी खोप कार्यक्रम सञ्चालन हुन लागेको हो ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।