विद्यालय गएकी बालिका फर्किनन्,सोमबारदेखि बेपत्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । रसुवामा विद्यालय गएकी १५ वर्षकी बालिका बेपत्ता भएकी छन्।

गोसाइँकुण्ड गाउँपालिका-६ का पेमा छेवाङ तामाङकी छोरी १५ वर्षीया देकी छोमो तामाङ सोमबार स्थानीय धुन्चेस्थित रसुवा मावि जान्छु भनी घरबाट हिँडेकी थिइन्। 

तर बेलुकासम्म नफर्केपछि उनकी आमाले खोजतलासका लागि प्रहरी कार्यालयमा निवेदन दिएकी हुन्। 

उनको खोजीका लागि प्रहरी टोली खटिएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।