फिनल्याण्डबाट प्राप्त हुने १३ मिलियन युरो अनुदान स्वीकार गर्ने सरकारकाे निर्णय

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सरकारले दुई जना सहसचिवलाई सचिव पदमा बढुवा गरेको छ ।

मन्त्रिपरिषद् बैठकले मधेस प्रदेशको कायममुकायम सचिव रहेका लोकनाथ पौडेल र नेपाल कृषि वन सेवा समूहिकरण अन्तर्गत विशिष्ट श्रेणीको पदमा राजेन्द्रप्रसाद मिश्रलाई बढुवा गर्ने निर्णय गरेको हो ।

त्यस्तै सरकारले फिनल्याण्ड सरकारबाट प्राप्त अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ ।

बिहिबार बसेको मन्त्रिपरिषद्को बैठकले जलवायु परिवर्तन अनुकल कार्यक्रम कार्यान्वयनका लागि फिनल्याण्ड सरकारबाट प्राप्त हुने १३ मिलियन युरो अनुदान सहायत स्वीकार गर्ने निर्णय गरेको प्रवक्ता रेखा शर्माले बताइन् ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।