काठमाडौं । कीर्तिपुरमा यात्रु बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
कीर्तिपुर-रत्नपार्क रूटमा चल्ने बा३ख २०२७ नम्बरको बस आज (आइतबार) दिउँसो पौने ३ बजेतिर आर्युवेदिक अस्पताल अगाडि दुर्घटनामा परेको हाे।
काठमाडौं उपत्यका प्रहरी कार्यालयका अनुसार दुर्घटनामा तीनजना घाइते छन्। उनीहरूकाे उपचार भइरहेको छ।दुर्घटनाबारे थप विवरण आउन बाँकी छ ।

Comment