कति छ आज सुनचाँदीको मूल्य ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सुनको भाउ स्थिर छ । साताको पहिलो कारोबार दिन नेपाली बजारमा छापावाला सुनको भाउ १ लाख ३५ हजार ४०० रुपैयाँ तोकिएको छ ।

अघिल्लो दिन अर्थात् गत शुक्रबार पनि सोही मूल्य कायम भई खरिदबिक्री भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि तेजावी सुनको भाउ पनि १ लाख ३४ हजार ७५० रुपैयाँ कायम भएको छ ।

यस्तै, साताको पहिलो कारोबार दिन चाँदीको मूल्य भाउ भने प्रतितोला ५ रुपैयाँले घटेको छ । आजका लागि चाँदीको भाउ १ हजार ६४० रुपैयाँ कायम भएको छ । गत शुक्रबार भने चाँदी १ हजार ६४५ रुपैयाँमा किनेबच भएको थियो ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।