हङकङ १०० अल्ट्रा म्याराथन र मिक्स म्याच सोसाइटीद्वारा अटिजम विशेष स्कूललाई सहयोग

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । अटिजम भएका बालबालिकारूको शिक्षा, स्वास्थ्य, थेरापी तथा पुनर्स्थापना सेवामा विगत तेह्र वर्ष देखि  सेवा गरिरहेको संस्था विशेष स्कूल तथा पुनर्स्थापना केन्द्र (SSDRC ), काठमाडौंलाई हङकङमा रहेको संस्था हङकङ १०० अल्ट्रा म्याराथन हङकङले मिक्स म्याच सोसाईटी मार्फत नगद रु.एक लाख पचास हजार रुपैया सहयोग गरेको छ ।  

SSDRC  ले हाल ६० जना अटिजम भएका बालबालिका र किशोर किशोरीहरूलाई शिक्षा, थेरापी तथा सीपमूलक तालिम जस्ता सेवाहरु प्रदान गरिरहेको छ । 

 नियमित दाताको सहयोग बिना सिमित स्रोत र साधनबाट सञ्चालित यस संस्थाले आफ्नो सेवालाई विस्तार गर्दै काठमाडौं नरेफाँट मुख्य कार्यालय,काठमाडौंको गोठाटार सेवा केन्द्र र भक्तपुरको चा.न.पा.–ताथलीमा शाखा कार्यालय तथा सेवा केन्द्र गरी तीनवटा सेवा केन्द्र सञ्चालन गरिरहेको  छ । 

आर्थिक भार थेग्न गाह्रो भइरहेको अवस्थामा हङकङ १०० अल्ट्रा म्याराथन हङकङ मिक्स म्याच सोसाईटीकोे यस सहयोगले संस्थाले गर्ने सेवाको कार्य लागि ठूलो राहत मिलेको भन्दै संस्थाको अध्यक्ष सविता उप्रेतीले हङकङ १०० अल्ट्रा म्याराथन  र मिक्स म्याच सोसाईटी प्रति आभार प्रकट गर्दै धन्यवाद व्यक्त गरेकी छिन् । 

हङकङ मिक्स म्याच सोसाईटीका अध्यक्ष डिना नाथ बगालेले  अटिजम भएका बालबालिकाहरूको सेवामा समर्पित संस्था SSDRC लाई सहयोग गर्न पाएकोमा खुसी व्यक्त गदै सहयोग गर्नु सहयोग गर्नु हुने सबैमा धन्यवाद व्यक्त गरेकी छिन् । ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।