जुनसुकै पालिकाको भएपनि अशक्त र गरिब बिरामीको काठमाडौं महानगरले निःशुल्क उपचार गरिदिने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  काठमाडौं महानगरपालिकाले गरिब तथा अशक्त बिरामीलाई निःशुल्क उपचार सेवा उपलब्ध गराउने भएको छ । 

काठमाडौं महानगरका मेयर बालेन साहले सामाजिक सञ्जालमा लेख्दै देशभरका जनुसुकै पालिकाका गरिब तथा अशक्त बिरामी नागरिकले सिफारिस लिएर आए काठमाडौं महानगरले निःशुल्क उपचार सेवा उपलब्ध गराउने बताएका छन् । 

‘नेपालको जुनसुकै पालिकाको भए पनि अशक्त र गरिब नागरिक बिरामीहरूले आफ्नो पालिकाबाट विपन्न, असहायको सिफारिस लिएर काठमाडौँ महानगर आउनुहोला,’ उनले लेखेका छन्, ‘हामीसँग ४३ अस्पतालका ३२३ बेड आबद्ध छन् । त्यहाँ बिरामीको आवश्यकता अनुसार निशुल्क उपचार हुनेछ ।’ साथै, उनले टोल छिमेक वा आफन्त यो वर्गमा पर्ने भएमा खबर गरिदिन पनि आग्रह गरेका छन् । 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।