बीमा कम्पनीमै पहिलो पटक सिटिजन लाइफले ल्यायो भिडियो केवाइसी सुविधा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले इन्स्योरेन्स कम्पनीहरूमै पहिलो पटक भिडियो मार्फत केवाइसी सुविधा ल्याएको छ ।

केवाइसी सम्ब्न्धी व्यवस्थालाई थप प्रभावकारी बनाउन कम्पनीले कम्पनीले भिडियो केवाइसी को अवधारणा ल्याएको हो । यो सुविधा वैशाख ९ गतेदेखि प्रयोगमा ल्याइएको कम्पनीले जनाएको छ ।

विदेशमा बसोबास गर्ने व्यक्तिहरूको बीमा गर्दा ई-एप्लिकेशन डिक्लारेसन फर्मसहित आवश्यक सबै विवरणहरू अभिकर्ता पोर्टलमार्फत प्राप्त हुन्छ ।

प्रस्तावित बीमितले सम्पूर्ण आवश्यक विवरणहरू अभिकर्ता पोर्टल मार्फत पेश गरेपछि ई- एप्लिकेशन डिक्लारेसन फर्ममा आवश्यक विवरणहरू भरी स्क्यान गरी अनलाइन मार्फत रजिष्टर्ड भएको प्रस्तावमा अपलोड गर्नुपर्नेछ ।

प्रस्तावित बीमितले कम्पनीद्वारा निर्धारण गरिएको विषयमा आफ्नो केवाइसी सम्बन्धी भिडियो बनाएर सिटिजन लाइफमा उक्त पठाउनु पर्नेछ ।

यस भिडियो केवाइसीको सुविधाले बीमा अभिकर्ताहरूलाई व्यवसाय गर्न थप सहज हुने कम्पनीको अपेक्षा छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।