कांग्रेस सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं । नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा भएको छ। भ्रष्टाचार मुद्दामा सर्वोच्च अदालतले सफाई दिएपछि प्रतिनिधिसभाले गुरुङको निलम्बन फुकुवा गरेको हो।

संघीय संसद्का महासचिव पद्यप्रसाद पाण्डेयले बुधबार सूचना प्रकाशित गर्दै मनाङबाट निर्वाचित गुरुङको निलम्बन फुकुवा भएको जनाएका छन्।

सर्वोच्चले १६ चैतमा अख्तियारको निर्णय र त्यसका आधारमा गरिएका परिपत्रहरू बदर गर्ने फैसला सुनाएको थियो।

अख्तियारले २०७९ पुन ८ गते संघीय संसदलाई पत्र लेख्दै विशेष अदालतमा दायर मुद्दा अन्तिम किनारा नलाग्दासम्म गुरुङलाई सांसदबाट निलम्बन भनेको थियो।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।