२०४७ सालपछिका प्रधानमन्त्री र मन्त्रीको सम्पत्ति छानबिन गरौं– गगन थापा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । कांग्रेस महामन्त्री गगन थापाले २०४७ सालपछि उच्च ओहदामा पुग्ने सबै प्रधानमन्त्री, मन्त्री र नेताको सम्पत्ति छानबिन गर्नुपर्ने बताएका छन् । 

राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्ना अध्यक्ष रवि लामिछानेको नाम सहकारीको बचन रकम अवैध अपचलनमा मुछिएपछि संसदीय छानबिनको माग गरेर संसदमा विरोध गरिरहेको नेपाली कांग्रेसलाई जवाफ दिनेगरी विगतदेखिको छानबिनको माग गर्न थालेको छ।

महामन्त्री थापाले त्यसैको जवाफमा यस्तो धारणा राखेका हुन् । कांग्रेसका केही नेताले संसदमा निवेदन समेत दर्ता गराएका छन्।

महामन्त्री थापाले भने,‘कोही मान्छेले देशवासीको ढुकुटीमा जम्मा भएको पैसा ठग्छ भने प्रधानमन्त्री, भूतपूर्व प्रधानमन्त्री जोसुकै होस्, जमिनमुनि गएर पनि नछाड्ने गरी कारबाही गर्नुपर्छ । ३० वर्षमा धेरै काण्ड भए, त्यसैले२०४७ सालपछि उच्च ओहदामा पुगेका जो भए पनि शक्तिशाली संयन्त्र बनाएर छानबिन गरौं ।’

उनले थपे, ‘म वा अरू ठूलो पदमा पुगेको जो कोही पनि, गैरकानूनी काम गरेको छ भने सम्पत्ति खोस्नुपर्छ । दण्ड पाउनुपर्छ । यसको नेतृत्व कांग्रेसले गरौं ।’

आजसम्म भएका आर्थिक अपचलनका ठूला काण्डमा जिम्मेवार रहेका सबैको छानबिन हुनुपर्ने भन्दै थापाले उनीहरूले कहीं न कहीं सजाय पाउनुपर्नेमा जोड दिए।

‘नागरिकलाई राज्यसँग भर होस् । गलत गर्ने मान्छेलाई राज्यसँग डर होस्,’ उनले भने।

महामन्त्री थापाले सार्वजनिक सम्पत्तिको अपचलन, सहकारी प्रकरण सहित सबैको छानबिन हुनुपर्ने भन्दै सहकारीबाट अर्बौं रकम खानेहरू केही समय अघिसम्म विज्ञका रुपमा भाषण गर्दै हिंडेको देखेको बताए। यसमा जिम्मेवार निकायले समेत नहेरेको बताए।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।