काठमाडौं । प्रतिपक्षी दलहरुले प्रतिनिधि सभाको बैठक आज पनि अवरुद्ध गरेका छन्।
सभामुख देवराज घिमिरेले संसदका नियमित कार्यक्रम प्रारम्भ भएको बताउँदै वित्तिकै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस, राप्रपा र लोसपाका संसदहरुले उठेर संसद् अवरोध गरेका थिए।
सहकारी ठगी प्रकरणमा मुछिएका गृहमन्त्री रवि लामिछानेमाथि छानविन गर्न कांग्रेसले संसदीय छानविन समितिको माग गर्दै संसद अवरुद्ध गर्दै आइरको छ। आजबा राप्रपा र लोसपाले कांग्रेसको मागमा समर्थन गर्दै उसलाई साथ दिएका छन्।
संसद् चल्ने देखेपछि सभामुख घिमिरेले बुधबारको बैठक स्थगित गरेका छन्। उनले अर्को बैठक वैशाख २ गते ११ का लागि बोलाएका छन्।
Comment