यमलाल कँडेल बने कर्णालीको मुख्यमन्त्री

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सुर्खेत । एमाले संसदीय दलका नेता यामलाल कँडेल कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका छन्।

प्रदेश प्रमुख तिलक परियारले उनलाई मंगलबार बेलुका मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।

कँडेलले गठबन्धनमा रहेका नेकपा एमालेका ९, माओवादी केन्द्रका १३ र एकीकृत समाजवादीका १ सहित २३ प्रदेश सभा सदस्यको हस्ताक्षरसहित आफूलाई मुख्यमन्त्री बनाउन दाबी पेश गरेका थिए।

नयाँ सत्ता गठबन्धन बनेपछि कर्णालीको मुख्यमन्त्री एमालेलाई दिने सहमतिअनुसार राजकुमार शर्माले मुख्यमन्त्रीबाट राजीनामा दिएका थिए।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।