काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले राजधानी केन्द्रित शक्ति प्रदर्शनले काठमाडौंमा ट्राफिक जाम भएको छ । मंगलबार दिउँसो ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको छ। काठमाडौंको माइतीघर, त्रिपुरेश्वर, रत्नपार्क लगायत क्षेत्रमा सवारी साधनको चाप उच्च हुँदा ट्राफिक व्यवस्थापनमा समस्या भइरहेको छ। त्यहाँ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) प्रदर्शन गरिरहेको छ।प्रदर्शनकारीहरूले निषेधित क्षेत्र तोडेको भन्दै प्रहरीले पानीका फोहरा हानेको छ। प्रहरीले बलसमेत प्रयोग गरेको छ। गत फागुन ९ गते प्रधानमन्त्रीलाई ४० बुँदे मागपत्र बुझाउँदै राप्रपाले चरणबद्ध आन्दोलनको घोषणा गरेको थियो।
Comment