काठमाडौं । राष्ट्रियसभा उपाध्यक्षमा नेकपा एमालेको तर्फबाट विमला घिमिरेले उम्मेदवारी दर्ता गराउनुभएकाे छ।
संसद भवन बानेश्वरमा पुगेर घिमिरेले उम्मेदवारी दर्ता गराउनुभएकाे हाे । घिमिरेलाई सत्ता गठबन्धनको पनि समर्थन छ।निर्वाचन भने चैत २८ गते हुँदैछ ।
उम्मेदवारी दर्तापछि घिमिरेले राष्ट्रिय सभाको गरिमालाई अझ उचो बनाउन भूमिका निर्वाह गर्ने बताउनुभएकाे छ ।
राष्ट्रियसभा उपाध्यक्षबाट माओवादी केन्द्रकी उर्मिला अर्यालले राजीनामा दिएपछि उपाध्यक्ष पद रिक्त छ ।

Comment